इन्टर रिकभरिङ फुटसल: पोखरा फेलोसिप च्याम्पियन

राजेश बने सर्वाेत्कृष्ट

पाेखरा | भदौ २५, २०८१

इन्टर रिकभरिङ फुटसल: पोखरा फेलोसिप च्याम्पियन

पोखरामा सम्पन्न इन्टर रिकभरिङ फुटसल प्रतियोगितामा पोखरा फेलिसिप च्याम्पियन बनेको छ ।

 

पोखरा ४ गणेशटोलस्थित स्पोर्टस् क्यासलमा आज (मंगलबार) भएको फाइनल खेलमा लमजुङ फेलोसिपलाई ३–० गोल अन्तरले पराजित गर्दै पोखरा फेलोसिप च्याम्पियन बनेको हो ।

 

पोखराको जीतमा कुशल परियारले २ गोल गरे भने राजेश खाँडले १ गोलको योगदान दिए ।

 

उपाधिसँगै पोखराले नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । 

 

यस्तै उपविजेता बनेको लमजुङ फेलोसिपले नगद रु २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।

 

काठमाडौं, बुटबल, लमजुङ, बागलुङ लगायतका जिल्ला गरी कुल १५ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट पोखरा फेलोसिपका राजेश खाँड सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए ।

 

 

यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा सोही टिमकै संजोग क्षेत्री घोषित भए भने, सर्वाधिक गोलकर्ताका रुपमा लमजुङ फेलोसिपका सरोज गुरुङ पुरस्कृत भए ।

 

प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका कफि डि हिमालयका सञ्चालक शंकर गुरुङ, रिकभरिङ नेपालका निवर्तमान अध्यक्ष शिव न्यौपाने, युवा नेता आशिक गुरुङ, समाजसेवी विजया गुरुङ तथा सहयोगीदाताहरुले पुरस्कार वितरण गरेका थिए ।

 

लागुऔषध सेवनपछि रिकभरि चरणमा रहेका युवाहरुलाई सकरात्मक सन्देश दिने उद्देश्यसहित कुशल परियार र आविष्कार गुरुङले उक्त प्रतियोगिता आयोजना गरेका थिए ।

 


 

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...

थप पढ्नुहोस्

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्